समय : ०१:३० pm | शुक्रबार , चैत्र ६ गते २०८२

प्युठान नगरपालिकाले युवाहरुलाई ऋण दिने बालबालिकाको अभिभावकत्व लिने।

स्वर्गद्वारी अपडेट | माघ १३ गते २०७९
सन्तोष सुनार प्युठान नगरपालिकाले हिउँदे अधिवेशनबाट दुई निर्णय  र योजना अघि सारेको छ। प्युठान नगरपालिकाले नगरपालिका भित्र रहेका अभिभावक बिहिन बालबालिकाहरुलाई आवाशिय सुविधासहितको शिक्षा दिने निर्णय गरेको छ। आगामी शैक्षिकसत्र २०८० देखि यो निर्णय लागु हुने  प्युठान नगरपालिकाका  नगर प्रमुख बिष्णु योगीले बताए। “शैक्षिक शत्र सकिन लागेकाले शुरुवाती चरणमा रु १० लाख वजेट विनियोजन गरिएको हो ।" नगरपालिका क्षेत्रमा अभिभावक बिहिन भएका बालबालिकाहरुकोको वडा तथा विद्यालय मार्फत तथ्यांक संकलन गरी नयाँ शैक्षिक सत्रबाट कार्यक्रम लागु हुने नगर प्रमुख योगीले बताए ।त्यसैगरी नगरपालिकाले युवाहरुलाई न्युनदरमा व्यवसायिक ऋण दिने भएको छ । युवा स्वरोजगार कोष कार्यक्रम नामाकरण गरिएको सो योजनामा रु १ करोड वजेटको बिनियोजन  गरिएको हो, कार्यविधि निर्माण गरी विना धितो ऋणको व्यवस्था गरिने नगर प्रमुख योगीले बताए।  

यो पनि पढ्नुहोस्