समय : १२:१८ pm | शुक्रबार , चैत्र ६ गते २०८२

गौमुखी गाउँपालिकामा तेस्रो रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

स्वर्गद्वारी अपडेट | माघ १२ गते २०७९
जोगिन्द्र मल्ल प्युठान “स्वास्थ्यको लागि खेलकुद रास्ट्रका लागि खेलकुद “भन्ने मुल नाराका साथ खेलकुद विकास समिति गौमुखी गाउँपालिकाको आयोजनामा तेस्रो रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन भइ रहेको छ। खेलकुद विकास समितिका अध्यक्ष प्रदीप शाहीको अध्यक्षतामा भएको खेलकुद प्रतियोगिताको उद्घघाटन गर्दै प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य माननीय निमा गिरीले खेलाडी रास्ट्रका गहना भएको तर खेलाडीको जीवन दयनीय र बेरोजगार भएकोले राज्यले नहेर्नू दुःखद रहेको बताउनु भयो ।त्यसैगरि गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले प्रतियोगिता सफल बनाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने र कार्यक्रम सफलताको शुभकामना दिनु भयो। गाउँपालिका उपाध्यक्ष महावीर राना ,प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर घर्ती ,गौमुखी मा बिका प्रधानाध्यापक माधबराज पोख्रेल लगायतले मन्तव्य राख्नु भएको थियो ।सो कार्यक्रमको संचालन कवि के सिले गरेका थिए ।रनिङ्ग शिल्ड प्रतियोगितामा पुरुष भलिबल ,महिला भलिबल ,एथलेटिक्स ,दौड ,सट फुट लगायतका प्रतियोगिता हुने र सो प्रतियोगिता माघ १२ देखि १४ गते सम्म संचालन हुने छ।

यो पनि पढ्नुहोस्