समय : १२:१७ pm | शुक्रबार , चैत्र ६ गते २०८२

लालिगुरास रंगशाला को अन्तरक्रिया कार्यक्रम दिहाल्नामा सम्पन्न

स्वर्गद्वारी अपडेट | माघ ६ गते २०७९
केशर सुनार प्युठान । प्युठान जिल्लाको झिम्रुक गाउपालिका वडा न (८ दिहाल्नामा खेलकुद पर्यटन सरोकार सम्बन्धी अन्तरक्रिया  कार्यक्रम   आज शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रम दिहाल्ना खेलकुद पर्यटन बिकासकोसंयोजक गोबिन्द गिरी र झिम्रुक गा .पा. वडा न.८ को समन्व्यमा गरिएको हो । झिम्रुक गा .पा. वडा न.८का वडाअध्यक्ष तुलस बहादुर बस्नेतको  अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी झिम्रुकका अध्यक्ष पित बहादुर एम सि , नौबहिनिका  अध्यक्ष डिलाराम थापा र गौमुखी गाउपालिकाका अध्यक्ष बिष्णु गिरीको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अथितिमा गौमुखी गाउपालिका का उपाध्यक्ष महाबिर राना, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर घर्ती  तीन ओटै पालिकाका वडा अध्यक्षहरु रहेनु भएको थियो साथै दिहाल्ना क्षेत्रसंग सरोकार राख्ने  सरोकारवालाहरुतथा स्थानियबासीहरुकाा बाक्लो उपस्थिति रहेको थियो ।
यसअन्तरक्रिया कार्यक्रममा ३ ओटै पालिकाका अध्यक्षहरु , संयोजक गोबिन्द गिरी लगायत झिम्रुक वडा न ( ८ का वडाध्यक्ष तुलस बस्नेतको दिहाल्ना क्षेत्रको खेलकुद बिकास र पर्यटन को बिषयमा संरक्षण , व्यवस्थित र पर्यटकीय स्थलको रुपमा चिनारी बननउने समेत बताएका थिए । साथै दिहाल्ना क्षेत्रलाई खेलकुद र पर्यटन को माध्यमबाट फड्को मार्नको निमित्त तीन वटै पालिकाबाट बजेत बिनियोजित हुने भएको छ दिहाल्नामा खेलकुद पर्यटन विकास को लागी चार वटा प्रस्तावहरु पारीत भएका छन ।
जसमा १० दिहाल्ना खेलकुद पर्यटन गुरुयोजना निर्माण । , २० तीन वटै पालिकावाट प्रतिनिधित्व गर्ने समिती निर्माण । ,३० खेलकुद पर्यटन महोत्सव सन्चालन । र ५०आर्थिक व्यवस्थापन हरुमाथी छलफल भएको थियो। साथै ३ वटै पालिकाका निश्चित क्षेत्रलाई समेटी खेलकुद तथा पर्यटन पुर्वाधार निर्माण गर्नको निमित्त ३ वटै पालिकावाट प्रतिबद्धता जाहेर गर्ने , ३ वटै पालिकाले सयुक्त रुपमा बिस्तृत गुरुयोजना तयार पार्न पहल गर्ने जस्ता बिबिध निर्णयहरु गरिएको छ। खेलकुद पर्यटन प्रवर्धन गर्नका निमित्त नव बर्ष २०८० बैशाख महिनामा दिहाल्नामा खेलकुद महोत्सव हुने बैठकले निर्णय गरेको छ , साथै  दिहाल्ना खेलकुद पर्यटन पुर्वाधार बिकास गर्नको लागि बिस्तृत अध्ययन गरि कार्यक्रम अगाडि बढाउन ३ वटै पालिकावाट कार्यसमिती गठन गरिएको छ । दिहाल्ना खेलकुद पर्यटन सरोकार सम्बन्धी अन्तरकृया कार्यक्रमको सहजिकरण झिम्रुक गाउपालिका वडा न ८ का सचिब ले गरेका थिए ।
दिहाल्ना खेलकुद पर्यटन विकास समुद्री सतहदेखी  करिब २३०० मिटर उचाईमा  रहेको प्राकृतिक बिबिधताले भरिपूर्ण दिहाल्ना चौर  प्युठानको उत्तरी क्षेत्र झिम्रुक (८ मा अबस्थितमा रहेको छ । यो क्षेत्रको आसपासमा गौमुखी , झिम्रुक र नौबहिनी गाउपालिका रहेको छ अर्थात मध्य भागमा रहेको दिहाल्ना चौर बिबिध कारणले पर्यटकीय प्रखाईमा रहेको छ । पहाडी क्षेत्रमा पर्ने मनोरम दृश्य बोकेको यो क्षेत्रवाट गुल्मी बाग्लुङ , अर्घाखाँची , रोल्पा , दाङ् , कपिलवस्तु लगायत प्युठान जिल्लाका लगभग सम्पुर्ण भुभाग देखिनुका साथै उच्च हिमशृङ्खला माछापुच्छ्रे , धौलागिरी , सिस्ने हिमाल र जलजला लगायत थुप्रै हिमशिखरहरुको दृश्य अबलोकन गर्न सकिन्छ ।
स्थानिय बुढापाकाका अनुसार यस चौरका आफ्नै महत्त्व र विशेषता रहेको छ ।किम्बदन्ति अनुसार यस चौरको पोखरीमा दहि हाली भर्ने गरिन्थ्यो त्यसकारण यस ठाउको नाम दहि हाल्ने , दहि हाल्ना हुँदै अपभ्रंस भएर अहिले दिहाल्ना नामाकरण गरेका पाइन्छ । यस क्षेत्रको चारैतिर र्राष्ट्रिय फुल लालिगुरास ,काफल , एसेलु , चुत्रो लगायत विभिन्न प्रजातिका जंगली जनावरहरु पनि पाइन्छ । उत्तर पुर्वि प्युठानका ३ वटै पालिकाका सम्पुर्ण बस्तिहरु यहि ठाउबाट देख्न सकिने यो स्थान उच्च हिमशृङ्खलाहरु समेत देख्न सकिने प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यो ठाउमा पुगेर दृश्यावलोकन गरिए शान्तिको अनुभूति एबम प्रफुल्लित बनाउछ ।

यो पनि पढ्नुहोस्