समय : १०:५९ am | शुक्रबार , चैत्र ६ गते २०८२

लुम्ले रातो मुला जिल्लामा परिक्षण तथा उत्पादनमा जोड प्रधानमन्त्री आधुनिक कृषि परियोजना कार्यान्वयन प्यूठान

स्वर्गद्वारी अपडेट | माघ ६ गते २०७९
] सन्तोष सुनार प्यूठान । प्युठान जिल्लामा  लुम्ले रातो मुलाको बिउ परिक्षण तथा उत्पादनमा विशेष जोड दिन लागिएको छ । परम्परा खेतिमा र उन्नतजातका    खेतिको प्रभावकारी थाहा पाउन तथा कुन उयुक्त हुन्छ भनि पत्ता लगाउन ३५० ग्राम लुम्ले रातो मूला लिएर मिलन सागर मुला बिउ तथा लहरे तरकारी बाली एकीकृत सत्तुर्जीव व्यवस्थापन कृषक पाठशाला प्युठान नगरपालिका वडा १ एक क्वाडिमा ढाई रोपनी जग्गामा लुम्ले रातो मुलाको बिउ परिक्षण तथा उत्पादन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिक परियोजना परियोजना कार्यान्जयन इकाई प्यूठानका कार्यलय प्रमुख चुमान सिंह गिरीले जानकारी दिनर भयो । बालि तथा बिउ उत्पादनको लागि जग्गा सोहि स्थानिय गीर बहादुर योगी दिनु भएको हो । यस खेतिलाई २५ जना सामुहिक व्यक्तिहरुबाट गर्न लागिएको गीरीले बताउनु भयो । उहालेले भन्नु भयो यस बिउलाइ बनाउने  तरिका  जमिनमा  तथा नर्सरीमा लाइन देखि लाइन दुरी ४५ सेन्टिमिटर र जरा देखि जराको ३० सेन्टिमिटर दुरीमा लगाइन्छ । जरा ३०–३५ दिनान जरा तयार हुन्छ ,उक्त जराको तिन भागको एक भाग छड्के कटिङ्ग गरी टाउको भन्दा माथिको ४ सेन्टिमिटर राखि बाकि फाल्ने ढुसिनासक विषादि ( बेबिसिङ) २–३ ग्राम एक लिटर पानि मिसाएर झोल तयार गर्ने त्यसमा बिउ चोपेर लगाउने गर्नुपर्दछ । यसरी लगाउदा जरा पलाउनको लागि रुटेक्स हर्मन प्लस  गोबर पानि झोलमा डुबाएर लगाउदा जरा पलाउन धेरै  सहयोग गर्दछ । यो तरिकाले बिशदिले  ढुसिनासक रोगहरु को नियन्त्रण गर्दछ । यसरी हामीले गरेको बिउको उत्पादन तथा प्रयोगशाला शतप्रतिशत ल्यावमा पठाइ सकारात्मक  नतिजा आएमा एग्रोटेडसँग समन्वय गरेर बिउ प्यूठानमै बिक्रिबितरण गर्ने बताउनु भयो । अहिले सामुहिक समुहमा उत्पादन गरेका छौ  तथा तालिम दिईरहेका छौ पछि आ आफ्नो घरमा व्यवसाय रुपमा गर्न सकिने नायव प्राविधिक सहायक विपिन खड्काले जानकारी दिनुभयो । साथै सक्रिय मेला बिउ तथा लहरे तरकारी आइपिएम कृषक पाठशाला ऐराबति गाउपालिका ४ कैरनमा पनि एक रोपनि जगमा १५० ग्राम प्यूठानी रातो मुला लगाइको छ । यो प्यूठानको पहिलो खेति रहेकोसमेत रहेको छ ।

यो पनि पढ्नुहोस्