समय : १०:५९ am | शुक्रबार , चैत्र ६ गते २०८२

त्रिवेणी धाममा मेला सम्पन्न

स्वर्गद्वारी अपडेट | पौष ३० गते २०७९
  लव कुमार अधिकारी ,प्युठान तिन नदीको संगमस्थल lतिन वडाको संगमस्थल l वरिपरी ठुला -ठुला पहाड l गहिरो माण्डबी नदीको तिरैमा अवस्थित माण्डबी गाउँपालिका-१  त्रिबेणी धाममा आज मेला धुम-धामले  सम्पन्न भएको छ l झिमरुक नदि ,कौशिक (अरंगखोला )खोला र माण्डबी नदीको संगमस्थल प्राचिन कालदेखि आफनै  अस्तित्व बनाएका त्रिवेणी धाममा हरेक पौष ३० गते मेला लाग्ने गर्दछ lकरिब २ सय ४० बर्ष पहिले राजा हरि प्रसाद अधिकारीले उदयपुरकोट दरबारबाट समय-समयमा पुजा आजा गर्नको लागि आउने ईतिहास छ l राजाले उदयपुरकोट दरबारबाट महायज्ञ लगाएर त्रिबेणी धाममा फूलपाती सेलाउन आउने गरेको सोहि धामका अध्यक्ष भुपेन्द्र अधिकारीले बताए lपारि पट्टि देबीको मन्दिर र वारि पट्टि बिष्णु भगवानको मन्दिर रहेको बताए l नजिकै ठुलो गुफा अवस्थित छ तर ,त्यो गुफा भने संरक्षणमा भने कुनै चासो देखिएको छैन l महायज्ञमा ,सप्ताह लगाउने गरी त्रिबेणीको संरचना निर्माण गरी जिल्लाकै नमुना धार्मिक पर्यटकीय स्थलको सुचिमा राख्ने माण्डबी गाउँपालिकाको अध्यक्ष नमराज अधिकारीले बताए l करिब सयौं संख्यामा उपस्थिति आजको मेलाको बिशेष ,४५ जना भजन टोलि रहेको र प्रमुख आकर्षणमा हनुमान नाच ,आरति ,चुट्का र अखण्ड थियो l हराउदै गएका कला संस्कृति लोपन्मुख हुन् लागेका ठाउँहरुलाई स्थानीय सरकारले संरक्षण गर्दै विकास गर्नु पर्ने स्थीथानीय  ऋषि अधिकारीले बताए  l

यो पनि पढ्नुहोस्