समय : ०९:२२ am | शुक्रबार , चैत्र ६ गते २०८२

जस्पुर बजारमा सी.सी.क्यामेरा छ तर कैद गर्दैन

स्वर्गद्वारी अपडेट | पौष २५ गते २०७९
सन्तोष सुनार,प्युठान l माण्डबी गाउँपालिकाले आफ्नो पालिकालाई प्रबिधि मैत्री बनाउने नारा सहित सार्थकता दिन लाखौ रकम खर्चेको थियो l आर्थिक बर्ष ०७५∕७६ करिब ३ लाख रकम खर्चेर ५ वटा सी.सी क्यामेरा जडान गरिएको थियो l  तर सोचे जस्तो परिवर्तन भने देख्न सकिएन l माण्डबी गाउँपालिकाको केन्द्र मानिने जस्पुर बजारमा जोडिएका सी.सी क्यामेरा लामो समयदेखि बन्द भएका छ l घरका भित्तामा टाँसीएका क्यामेराहरुले चित्र नै खिच्दैनन lसुरक्षाका हिसाबले महत्वपूर्ण मानिएको ति क्यामेराहरू अहिले जिर्ण अवस्थामा रहेको माण्डबी बजार क्षेत्रको होटल व्यवसायी संघ अध्यक्ष तुल्सी राम के. सी ले बताए l "सिसि टिभी जडान गरिएको मनिटर कहाँ छन् हामीलाई आतोपत्तो नै छैन l” कि त ति क्यामेराहरू सुचारु हुन पर्यो होईन भने स्थानियको रोहबरमा सम्बन्धित ठाउँमा बुझाउन पर्यो l ति जोडिएका क्यामेराहरू करिब छ महिना मात्रै चलेको बताउदै ३ बर्षदेखि क्यामेरा बिग्रेको अवस्थामा टासिएको बताए l जनताको ढाड सेक्ने गरि कर असुली गरेर खरिद गरेको सार्वजनिक सम्पतिको संरक्षण  स्थानीय सरकारले गर्न नसकेको आक्रोस पोखेका छन  l
जनताले अपेक्षा गरेको भन्दा बढी नैं सेवा पाइन्छ भन्दै सेवा प्रचार गरेको स्थानीय सरकार हो l जस्पुर बजार क्षेत्रमा ५वटा सिसि क्यामेरा जडान गरिएको बताउदै अहिले एउटा पनि क्यामेरा सुचारु अवस्थामा छैन lउता माण्डबी गाउँपालिकाको वडा -३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले -"यस बिषयमा गम्भीर भएर सोचेका छौ, जोडिएका सिसि क्यामेरा मर्मत गर्न भन्दा नया खरिद गरि जडान गर्ने हो l "अहिले पालिकाको प्रमुख प्रसासकिय अधिकृत बिदामा भएकाले उहाँ कार्यालय आएपछि तत्कालै सुचारु गर्ने बताए l " जस्पुरमा माण्डबी गाउँपालिकाको कार्यालय र जिल्लाकै दोस्रो सरकारी कार्यालय भएकाले अलि संबेदनशील ठाउँ पनि रहेको छ l

यो पनि पढ्नुहोस्