समय : ०८:०५ am | शुक्रबार , चैत्र ६ गते २०८२

गौमुखिमा सुबिधा सम्पन्न अस्पताल बन्दै

स्वर्गद्वारी अपडेट | पौष २१ गते २०७९
   जोगिन्द्र मल्ल,प्युठान। गौमुखी गाउँपालिका केन्द्र मानिने लिवासेमा सुबिधा सम्पन्न अस्पताल तिब्र गतिमा निर्माण हुदैछ। कूल १५  शय्याको आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार  १५ शय्याको भवन १५ महिना अगाडी प्रक्रियामा गए पनि निर्माणको काम भने २ महिना अघि बाट सुरु गरेको पालिका स्वास्थ्य प्रमुख हरि प्रसाद जैसीले बताए ।अस्पताल निर्माणमा  कुल रकम १९ करोड ५ लाख बजेट बिनियोजन भएको छ । गौमुखी गाउँपालिकाको अध्यक्ष बिष्णु कुमार गिरीले भने –“कोभिड महामारीबाट सिकेको अनुभवका आधारमा भावी दिनमा यस्ता महामारीको सहज व्यवस्थापनका लागि सक्षम र प्रभावकारी स्वास्थ्य प्रणालीको विकास गर्ने बताए ।गिरीले भने –प्युठान जिल्लाको सबै भन्दा दुर्गम मानिने यस पालिकामा कुल ६ वटा स्वास्थ्य चौकी,एउटा आधारभूत स्वास्थ्य चौकी र ८ सामुदायिक स्वास्थ्य ईकाई बाट सेवा प्रवाह भएको र एम.बी.बी. एस डाक्टरले पालिकामा बिरामीहरुको सेवा दिदै आईरहेको छ।"पालिकाको  कुल जनसंख्या २६ हजार र ७ वडा रहेको  छ ।मदाने गाउँपालिकाको १ वडा सहित जनतालाई प्रत्यक्ष स्वास्थ्य सेवा दिने उदेश्यले अस्पताल निर्माण गर्न थालिएको हो।निर्माण सम्पन भए यस भेगका बिरामीहरुलाई प्युठान जिल्ला अस्पताल धाउन पर्ने छैन।  

यो पनि पढ्नुहोस्