समय : ०८:०५ am | शुक्रबार , चैत्र ६ गते २०८२

नौबहिनी ७ गोगनपानीमा गर्भवती महिलाहरुका लागी निशुल्क भिडियो एक्सरे शिविर सम्पन्न

स्वर्गद्वारी अपडेट | पौष २० गते २०७९
स्मृती घर्ती मगर प्यूठान, गोगनपानी आधारभूत स्वास्थ्य सेवा केन्द्र नौबहिनी ७ गोगनपानीमा गर्भवती महिलाहरुको लागि १ दिने नि‍‌-शुल्क भिडियो एक्सरे शिविर  आज  सम्पन्न भएको छ ।  उक्त एकदिने निशुल्क भिडियो एक्सरे शिविरमा  ३२ जना गर्भवती महिलाहरुले  सेवा लिनु भएको थियो  । सोही अवसरमा नौबहिनी  गाउपालीकाकि उपाध्यक्ष  बिष्णा थापाको विशेष  उपस्थिती रहेको त्यहाबाट आधारभुत सेवा केन्द्रका कार्यालय प्रमुख केशव पुन मगरले जानकारी दिनुभएको छ। नौबहिनी गाउपालिकाको  सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

यो पनि पढ्नुहोस्