इन्डक्सन चुल्हो बितरणबारे नगरपालिकाले दियो स्पष्टिकरण
स्वर्गद्वारी अपडेट प्युठान, प्युठान नगरपालिकाले बितरण थालेको इन्डक्सन चुल्होको आलोचना भएपछी नगरपालिकाले मापदण्डको बारेमा स्पष्ट पारेको छ । बुधवार नगरपालिकाले जिल्लाका पत्रकारहरुलाई इन्डक्सन चुल्हो बितरण प्रकृयाको बारेमा जानकारी दिएको हो ।
प्युठान नगरपालिकाले बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रबाट १ हजार ४ सय बिद्धुतिय चुल्हो प्राप्त गरेको हो । खाना पकाउनको लागी स्वच्छ उर्जा तथा प्रबिधी प्रबर्द्धन कार्यक्रम अन्तरगत पालिकाले असार ६ गते प्रस्तावना पेश गरेको थियो । लुम्बिनी प्रदेशमै प्युठान नगरपालिकाले मात्र उक्त परियोजना प्राप्त गरेको हो । जस्को लागी बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लागत साझेदारी रहेको नगर प्रबक्ता सुमन श्रेष्ठले बताउनु भयो । जसमा नगरपालिकाको ७ लाख २७ हजार ६ सय २२ रुपैंया लगानी रहेको छ ।
चुल्हो बितरणको लागी गत भाद्र ३१ गतेको कार्यपालिका बैठकले मापदण्ड बनाएको थियो । निर्वाचन आचार संहिताले गर्दा बितरण गर्न ढिलाई भएको नगर उप-प्रमुख देवेन्द्र वर्माले बताउनु भयो । ५ सय रुपैंया भन्दा बढी एकिकृत सम्पत्ती कर तिर्ने ब्यक्तिलाई चुल्हो दिने निर्णय कार्यपालिका बैठकबाटै भएको समेत उप-प्रमुख वर्माले जानकारी दिनु भयो ।
उक्त परियोजनामा बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र र नगरपालिकाबिच असार १२ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । जसमा २ वटा बुदालाई जोड दिएको छ । एउटो इन्डक्सन चुल्होमा लाग्ने एक सेट भाडा किन्न सक्ने र अर्को १५ एम्पियरको एमसिवी भएको वा उपयुक्त बिद्धुत वाइरिङ्ग भएको परिवारलाई दिन सकिने उल्लेख भएको नगर उप-प्रमुख वर्माले बताउनु भयो ।
नगर प्रमुख बिष्णु योगिले गलत मनसायबाट इन्डक्सन चुल्हो बितरण नगरिएको बताउनु भएको छ । उहाले भन्नुभयो "गलत मनसाय होइन्, अधिकतम उपयोग र प्रयोग हुनुपर्छ भन्ने उद्देश्य हो ।" इन्धन खपत कम गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको उहाले बताउनु भयो ।
चुल्हो बितरणको मापदण्डको बिषयलाई लिएर अहिले आलोचना भैरहेको छ । उचित माप्दण्ड बिना पालिकाले चुल्हो बितरण गरेको भन्दै बिभिन्न क्षेत्रबाट बिरोध समेत भैरहेको छ ।








