समय : ०६:५३ am | शुक्रबार , चैत्र ६ गते २०८२

वार्षिक ५ सय रुपैयाँभन्दा बढी कर बुझाउनेलाई निःशुल्क इन्डक्सन चुल्हो

स्वर्गद्वारी अपडेट | मंसिर २७ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान, प्यूठान नगरपालिकाले नगरपालिकाभित्रका करदातालाई इन्डक्सन चुल्हो वितरण गरेको छ । नगरपालिकालाई वार्षिक ५ सय रुपैयाँभन्दा बढी कर बुझाउने करदातालाई निःशुल्क इन्डक्सन चुल्हो वितरण गरेको नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले बताए । करदाताको सम्मान, ग्यास सिलिन्डरमा कमी ल्याउन र देशभित्र उत्पादन भइरहेको विद्युत्को खपत बढाउन नगरपालिकाले इन्डक्सन चुल्हो वितरण गरेको बर्माले बताए । नगरपालिकाभित्रका करिब १४ सय जनालाई निःशुल्क चुल्हो वितरण गरिने नगरपालिकाले जनाएको छ । २०७८/०७९मा बुझाएको करको तथ्यांकका आधारमा चुल्हो वितरण गरिएको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र प्यूठान नगरपालिकाको साझेदारीमा चुल्हो खरिद गरेर वितरण गरिएको बर्माले बताए । इन्डक्सन चुल्हो वितरणका लागि नगरपालिकाले करिब ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यो पनि पढ्नुहोस्