समय : ०५:३० am | बुधबार , फागुन १२ गते २०८२

बिहे भोज खाएका ४५ जना बिरामी

स्वर्गद्वारी अपडेट | मंसिर २० गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान,  जन्ती गएका प्यूठानका एकै गाउँका ४५ जना बिरामी परेका छन् । प्यूठान नगरपालिका–६, गुरुङगाउँका ४५ जना बिरामी परेका हुन् । जन्ती गएर घर फर्किएसँगै ४५ जनमा बान्ता आउने, पखाला लाग्ने गरेको वडाअध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिए । प्यूठान नगरपालिका–६, गुरूङगाउँबाट पाल्पाको चिर्तुङधाराको घोरबन्दा जन्ती गएका ४८ जनामध्ये ४५ जनाले खाना खाएको र खाना खाएका उनीहरू सबै बिरामी भएको वडाध्यक्ष पुनमगरले बताए । उनीहरूको अहिले जिल्ला अस्पताल बिजुवार उपचार हुँदै छ।

यो पनि पढ्नुहोस्