समय : ०३:५१ am | शुक्रबार , चैत्र ५ गते २०८२

पूर्णिमा मेला हेरेर फर्किदा यात्रुहरु चढेको जीप दुर्घटना हुदा ३ मृत्यु १२ घाइते

स्वर्गद्वारी अपडेट | कार्तिक २३ गते २०७९
सन्तोष सुनार प्यूठान । पुर्णिमाको मेला हेरेर फर्किदा प्यूठानमा जीप दुर्घटना हुदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ भने १२ जना घाइते भएका छन । प्यूठान नगरपालिका १ खैरामा लाग्ने पूर्णिमाको मेला हेरेर फर्किने क्रममा प्यूठान जील्लाको प्यूठान नगरपालिका–५ पूणर्नागाउ कुवापानीमा लु १ज ३७०७ नम्वरको जीप राति साढे १२ वजे दुर्घटना भएको जील्ला प्रहरी कार्यलका प्रमुख प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिनुभयो । दुर्घटनामा प्यूठान नगरपालिका –५ वस्ने ५२ वर्षीय मौमा घर्ति , ४६ वर्षिय खुमान थापा र ४३ वर्षिया बच्ची थापाको घटना स्थलमै मृत्यु भएको थापाले बताउनु भयो । दुर्घटनामा परेका १२ जना घाइतेमध्य ६ जनालाइ जिल्ला अस्पताल विजुवार र बाकी ६ जनालाइ बुटवल रिफर गएिको छ । जिल्ला अस्पतालमा जगमाया महरा , निमा खत्री , फागुनी खत्री , कुमारी महरा , नखी महरा र निमलाल घर्ति मगरको उपचार भइरहेको छ । बुटवल रिफर गरीएकोमा बिरी कुारी महरा , श्रीमाया महरा , गोरी खत्री डिलराम घर्ति , गादि घर्ति र रामे रोका रहेका छन । प्रहरीले उक्त घटना भएको राति साढे २ वजे थाहा पाएको प्रहरी नायव उपरिक्षक खड्काले बताउनु भयो । गाडिक चालक सम्पर्कमा नआएको र खोजिकार्य भइरहेको समेत उहाले बताउनु भयो । े

यो पनि पढ्नुहोस्