समय : ०३:५१ am | शुक्रबार , चैत्र ५ गते २०८२

कामना सेवा विकास बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम

स्वर्गद्वारी अपडेट | कार्तिक २१ गते २०७९
  स्वर्गद्वारी अपडेट ,प्युठान   कामना  सेवा विकास   बैंक प्युठान  जस्पुरले  शाखाले आफ्नो १६ औं वार्षिकोत्सवको अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले माण्डवी गाँउपालिका - ३ ,लामाचौर स्थित प्युठान सनराईज एकेडेमीमा सोमबार  कार्यक्रम गरेको थियो  । बचत गर्न, पैसाको सहि सदुपयोग गर्न सिकाउन, सहि वित्तीय निर्णय गर्न, तथा वित्तीय सेवा उपभोगको अधिकार एवं प्रावधानका वारेमा शिक्षा दिने उदेश्यले वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकका शाखा प्रबन्धक कृष्ण सुवेदीले जानकारी दिएका थिए ।

फजुल खर्च रोकी वचत गरौ वचतका लागी औपचारिक माध्यम रोजौ पारिवारिक बजेट बनाएर जिवनयापन गरौ आधुनिक बैकिंङ सुविधाको उपभोग गरौ वित्तीय साक्षरता तर्फ अग्रसर बनौ

जस्ता ज्ञानमुलक शिक्षा प्रदान गर्ने कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै एकेडेमी का प्र.अ राम बहादुर विश्वकर्माले बैंकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । प्युठान सनराईज एकेडेमीमा अध्ययनरत कक्षा ६, ७ र ८ का विद्यार्थी संग गरिएको वित्तीय साक्षरता कार्यक्रमा बैंक तर्फ, कृष्ण सुवेदी, महिराज भट्ट, अम्बिका सुवेदी, यशोदा पौडेल, गणेशमान खड्का, राजकुमार विष्ट तथा स्कुलको तर्फबाट प्र.अ राम बहादुर विश्वकर्मा, शिक्षक चन्द्र प्रसाद पौडेल, बाम बहादुर खत्री, लंक बहादुर नेपाली, भोजेन्द्र कुँवर लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्