सन्तोष सुनार ,प्यूठान । प्यूठान नगरपालिका ७ पुण्यखोला आयोजक टिमले राखेको २०७९ सालको ऐतिहाँसिक तथा साँस्कृतिक डल्ले सराँय मेलामा कार्कीडाडा सराँय समुह नाच प्रथम बनि एक लाख पुरस्कार आफ्नो हातमा पारेको छ ।
उक्त मेला हरेक वर्ष तिहारको भोलिपल्ट लाग्ने भएता पनि यस पटक २ वर्षपछि लागेको हो । कोभिड–१९ का कारण रोकिन पुगेको थियो । टाकुरे राज्य सन्चालनका बेला एक जना राक्षसलाइ जनताले लखेटेर मारेको सम्झनामा र खुसशयालीमा सराँय मेला तथा नाच लगाउने चलन रहेको प्यूठान नगरपालिका ७ का वडा अध्यक्ष नेत्र बहादुर केसीले जानकारी दिनु भएको छ ।
मेलमा प्रथम कार्कीडाडा समुह नाच , दोस्रो सापडाडा समुह नाच र तेस्रो प्यूठान नगरपालिका ७ पुण्यखोला नाच भएको छ। पुरस्कार क्रमश एक लाख , ७५ हजार र ५० हजार रुपैया बाडिएको हो भने अन्य ५ वटा साुहलाइ २० हजार रुपिँयका दरले पुरस्कार दिएको केसी बताउनु भयो








