समय : १२:३३ am | शुक्रबार , चैत्र ५ गते २०८२

धनचौरका विपद् प्रभावित ९० जना महिला र किशोरीहरूलाइ प्रजनन् स्वास्थ्य सामाग्री वितरण रेडक्रसबाट वितरण

स्वर्गद्वारी अपडेट | कार्तिक ३ गते २०७९
स्वर्गद्वारी अपडेट ,  प्यूठान । .    माण्डवी गाउँपालिका धनचौरका विपद् प्रभावित ९० जना महिला र किशोरीहररुलाइ  मर्यादा र प्रजनन् स्वास्थ्य सामाग्री वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति प्यूठान र माण्डवी गाउँपालिकाको समन्वयमा युएनएफपिए र नेपाल रेडक्रस सोसाइटी प्यूठानले  सामाग्री पिडित परिवारलाइ वितरण गरेको हो । समुहमा मनोसामाजिक परामर्शको अवस्थामा, विपद्बाट महिला तथा किशोरीहरूमा मानसिक स्वास्थ्य समस्या समेत देखा परेको महिला सुरक्षा वासका मनोसामाजिक परामर्शकर्ता बिमला खडकाले बताइन् । परामर्शको क्रममा नेपाल सरकारले महिला तथा किशोरीका लागि लैंगिक हिंसा र मनोसामाजिक समस्या समाधानका लागि एकव्दार संकट व्यवस्थापन केन्द्र र महिला सुरक्षा बासको व्यवस्था   गरेको खड्काले  जानकारी दिइन् । कार्यक्रममा  गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी, उपाध्यक्ष पूर्णप्रसाद कालाथोकी ,इलाका प्रशासन कार्यालय बाबुराम पुरी , संयुक्त राष्ट्र संघ जनसंख्या कोषका केदार राना मगर र नेपाल रेडक्रस सोसाइटीका सभापती गुमानराज पुलामीले किशोरी र महिलाहरूलाइ मर्यादा सामाग्री, किशोरी किट र सरसफाइ ९० थान मर्यादा सामाग्री र ३९ थान सरसफाइ सामाग्री वितरण गरे । पहिरोबाट विस्थापित घरपरिवारका लागि जिल्ला विपद् व्यवस्थापन समितिको सहयोगमा जङ्गल छेउमा ८ वटा अस्थाइ टेन्ट खडा गरिएको र आवश्यक बिजुलीको व्यवस्था भैरहेको 5। अध्यक्ष अधिकारीले स्थानीय सरकार अत्यन्त सक्रियताका साथ उध्दार र सहयोगमा लागेको र इलाका प्रशासन कार्यालयका प्रमुखले विपद्को अवस्थामा युएनएफपिए, युनिसेफ लगायत अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गरी चाहिने सहयोग जुटाउन सकिने बताए ।                        

यो पनि पढ्नुहोस्