स्वर्गद्वारी अपडेट ,प्युठान लगातार ४ दिनसम्म परेको बेमौसमी अविरल बर्षातका कारण माण्डवी गाउँपालिकाको विभिन्न स्थानमा गएको बाढी पहिरोले विस्थापित परिवारलाई कामना सेवा विकास बैङ्कले सहयोग हस्तान्तरण गरेको छ ।

माण्डवी गाउँपालिकको समन्वयमा, २ नं वडाका सदस्य रमा पौडेललाई बैङ्कका शाखा प्रबन्धक कृष्ण सुवेदीले खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । जसमा बैङ्कका कर्मचारी माहिराज भट्ट, गणेश मान खड्का, राजकुमार विष्ट, वडा सचिव घनश्याम अधिकारी, सुन्नानी आधार माविका प्र.अ. खिमानन्द पोख्रेल, इञ्जिनियर यज्ञ बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, विपदका कारण उत्पन्न प्रतिकुल अवस्थामा अति प्रभावित परिवारलाई दैनिक जिविकोपार्जनका लागि बैङ्कले ३० हजार बराबरको खाद्यान्न सहयोग हस्तान्तरण गरिएको बैङ्कका प्रबन्धक सुवेदीले बताए । "पहिरोमा ज्यान गुमाएका मृतक प्रति श्रद्धाञ्जली तथा पहिरोले पुरिएर भएको आर्थिक क्षतिप्रति दु:ख व्यक्त गर्दै यस दु:खद घडीमा सम्पुर्ण व्यक्ति, संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय, उद्योगी, व्यापारी एवं सरोकारवाला सबैमा सक्दो सहयोग गर्न समेत अपील गरेका थिए '' ।
अन्तिममा, यस्तो प्रतिकुल परिस्थितिमा अहोरात्र खट्नुभएका स्थानिय निकायका जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी, स्वास्थ्यकर्मी हरुको योगदानप्रति सुवेदीले खुलेर प्रशंसा गरेका थिए ।