समय : ०८:५५ am | मङ्गलबार , फागुन १२ गते २०८२

गौमुखी गाउँपालिकाले २ पालिकालाई सहयोग

स्वर्गद्वारी अपडेट | असाेज २८ गते २०७९
  जोगिन्द्र मल्ल , प्युठान गौमुखी गाउँपालिकाले राहत तथा पुन:स्थापना सहायता स्वरूप २ पालिकाहरुलाई सहयोग गरेको छ । असोज १९ गते बाट परेको अविरल बर्षातको कारणले माण्डबी गाउँपालिका  र ऐरावती गाउँपालिकामा पहिरोले ठुलो धनजनको क्षति पुराएको थियो । बेमौसमी अविरल वर्षाका कारण  माण्डबी गाउँपालिका वडा ४ फरिन्ड़े बस्तीमा ६ जनाको मृत्यु हुनुका साथै २ घरमा क्षति पुगेको थियो । सोहि गाउँपालिकाको वडा २ धन्चौर बस्तीमा  पहिराले करिब ४८ घरको  भौतिक संरचनामा क्षति पुर्याउनुको साथै सयौ रोपनी पहिरोले  जमिन बगाएको थियो । बस्ति माथिबाट पहिरोनै आउन थालेपछि ऐरावती गाउँपालिका ४ तिग्रापातलमा २२ घर उच्च जोखिमा परेको थियो दर्जनौ घरहरु चर्केको रहेको थियो । गौमुखी गाउँपालिकाले शुक्रबार बसेको बैठकले राहत तथा पुन:स्थापना सहायता स्वरूप २ पालिकाहरुलाई १ /१ लाख सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अधक्ष्य तथा नेपाली कांग्रेस जिल्ला सभापति बिस्नु कुमार गिरीले बताए ।गिरीले भने “ जनतालाई दुःख परेकोबेला आफू सधैँ जनताको साथमै रहेको बताउँदै  बिपत व्यवस्थापनमा सबै मिलेर जति सकिन्छ सहयोग गर्नुपर्छ अधक्ष्य गिरीले भने।उपाध्यक्ष महाबिर रानाले  छिटै यो रकम सम्बन्धित पालिकाहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए ।  

यो पनि पढ्नुहोस्