समय : १२:३४ am | शुक्रबार , चैत्र ५ गते २०८२

जनप्रतिनिधिहरु उद्वारसँगै राहत वितरण र व्यवस्थापनमा खटिदै

स्वर्गद्वारी अपडेट | असाेज २५ गते २०७९
स्वर्गद्वारी अपडेट ,प्युठान  माण्डवी गाउँपालिका प्यूठानमा अविरल बर्षातको कारणले ठुलो जनधनको क्षती भएको छ ।माण्डवी गाउँपालीका वडा नं–४ (साविक उदयपुरकोट) मा पहिरोको कारण अहिलेसम्म ३ जना बेपत्ता भएको र ३ जनाको मृत्यु भई सकेको छ । बेपत्ताको खोजी कार्याजारी निरन्तर रहेको छ । यसै गरी गाउँपालिकाको २ नं (साविक मर्कावाङ)को धन्चौरमा पहिरोले आठ घर बगाएको छ । भने ४८ घर भन्दा वढि विस्थापित भएका छन । यसैगरी मर्कावाङको विभिन्न भागहरुमा जमिन चर्किएर बस्तीहरु जोखिममा परेको छ । वडा नं–१ (साविक तिराम)मा पनि घरहरु भत्कीनु,चर्किनेका साथै जमिनहरु भासिएर दर्जनौ घर भन्दा वढी विस्थापित छन् । उदयपुरकोट नयाँगाउ र रम्दीमा पनि धेरै वस्तीहरु जोखिमा रहनुका साथै पहिरोबाट प्रभावित भएका छन । माण्डवी गाउँपालिका भित्रवाट वग्ने अरङखोला लगायतका नदिको कटान गर्दा कृषकहरुको धानबालिमा क्षतिपुगेको छ । विभिन्न वस्तीहरुमा वाढी पहिरो लगायतका समस्याहरु बढदै गएको छ । साथै सवै वडाहरुमा जाने सडकहरु पनि अवरुद्ध भएको छ र सडक सुचारु गर्नका लागि निरन्तर जेसिभि,एक्साभेटर लगायतले कार्य निरन्तर गरिरहेको छ । यतिवेला गाउँपालिका जनप्रनिधीहरु,कर्मचारी लगायत सबै जनशक्ति उद्धार, राहत र व्यवस्थापनमा लागि रहेका छन्  ।  

यो पनि पढ्नुहोस्