समय : ११:१८ pm | बिहिबार , चैत्र ५ गते २०८२

माण्डबीमा पहिरोले पुरिएका ३ जनाको शव भेटियो ,अझै बाकि बेपता

स्वर्गद्वारी अपडेट | असाेज २२ गते २०७९
सन्तोष सुनार, प्यूठान।  प्युठानको माण्डबी गाउँपालिका वडा नम्बर ४ फरिण्डेमा पहिरोमा परेर बेपत्ता भएका ६ मध्ये ३ जनाको  शव शनिबार  भेटिएको छ । फरिण्डेका १८ वर्षीया मौसमी थापामगर, ५५ वर्षीया थमा बुढामगर र २१ वर्षीया टेकी राहुँको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक सुवास खडकाले जानकारी दिए। उनका अनुसार पहिरोमा बेपत्ता भएका ६० वर्षीय बोम बहादुर राहुँ,४ वर्षीय सुशान राहुँ र ६० वर्षीय हीराबहादुर थापाको अबस्था भने अझै भेटिएको छैन । उनिहरुको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक खडकाले बताए।शुक्रवार दिउँसो घर माथिबाट आएको पहिरोले बोम बहादुर राहुँको घर पुर्दा दुई घर परिवारका ६ जना बेपत्ता भएका थिए।

यो पनि पढ्नुहोस्