समय : ११:११ pm | बिहिबार , चैत्र ५ गते २०८२

दशैको दिनमा बालकलाई खोलाले बगाएर मृत्यु

स्वर्गद्वारी अपडेट | असाेज २० गते २०७९
स्वर्गद्वारी अपडेट ,प्युठान जाडीखोलाले बगाउदा एक बालकको मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नम्बर ५ झिवाङ घर भएका बिस्नु बहादुर के.सी को छोरा अन्दाजी बर्ष ५ वर्षीय बालक  सुसन के.सीको मृत्यु भएको छ । बुधबार  साँझ करिब ६ बजेतिर  हर्नाघाट बाट झिवाङ तर्फ जाने क्रममा ऐरावती गाउँपालिका वडा ५ जाडीखोला स्थित बुवाछोरा संगै खोला तर्ने क्रममा छोरालाई खोलाले बगाएर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकृत लाल बहादुर बि.कले स्वर्गद्वारी अपडेट लाई जानकारी दिए।  

यो पनि पढ्नुहोस्