समय : ११:११ pm | बिहिबार , चैत्र ५ गते २०८२

 डेरीबाट मनग्य आम्दानी

स्वर्गद्वारी अपडेट | असाेज १६ गते २०७९
  स्वर्गद्वारी अपडेट ,प्युठान माण्डबी गाउँपालिकाको एक मात्र डेरी उद्योग अर्घाखाँची  डेरी उद्योगले मासिक १ लाखको आम्दानि गर्ने डेरी ब्यबसायी चन्द्रमणि सुबेदीले बताए । स्थाई घर मालारानी गाउँपालिका वडा ९ गोखुङ्गा अर्घाखाँची   भई हाल माण्डबी गाउँपालिकाको केन्द्र मानिने जस्पुर बजार अवस्थित अर्घाखाची डेरी उद्योग बिगत चार वर्ष देखि उद्योग संचालनमा रहेको सुबेदीले बताए।करिब २० लाख लगानीमा खुलेको ब्यबसाय दैनिक २ सय लिटर दुध र  दैनिक २ सय कप चिया बिक्रि हुने सुबेदीले जानकारी दिए । उनले भने  “ डेरी उद्योगमा मिठाईका बिभिन्न परिकारहरु , बर्थडे केक ,लस्सी ,दहि ,पनिर ,छुर्पी ,मखन ,घ्यु ,मह समेत बिक्रि गर्छु र मासिक १ लाखको हारहारीमा आम्दानि गर्न सफल छु।” व्यवसाय बाट आफु खुशी रहेको बताउदै माण्डबी गाउँपालिकाको उदयपुरकोट, तिराम ,चकचके ,मार्सिबांग ,नयागाउँ, दुध संकलन गर्न वर्षायातको समयमा बाटो कच्ची हुँदा मोटरसाईकलमा दुध ल्याउन कठिन भए पनि ग्राहकहरुलाई सेवा भने दिइरहेको छु उनले भने । माण्डबी गाउँपालिका भित्र एक मात्र डेरी भए पनि यहाको होटल व्यवसायीहरुलाई र सरकारी कार्यालय भनेकै समयमा दुध उपलब्ध गराएको उनको भनाई छ । कृषि एवं पशुपंक्षि कार्यालयले करिब ५ लाख पर्ने चिलिंङ भ्याट ५० प्रतिशत अनुदानमा उपलव्ध गरेको बताए । नेपालमै काम गर्न सक्ने हो भने नेपाल सरकारले  हामी व्यवसायीहरुलाई हेर्दो रहेछ , उनले थप्दै भन्छन “थोरै पैसा कमाउन खाडी मुलका जाने युवाहरुलाई गर्न यहि मुलुकमै सकिन्छ ।” थोरै लगानीमा पनि मनग्य आम्दानि गर्न सकिने कुरा बताउदै अब युवाहरुलाई बैदेशिक रोजगार जान भन्दा नेपालमै व्यवसायी गरेर आफ्नै परिवार संग बस्न युवाहरुलाई आग्रह समेत  गरे ।  

यो पनि पढ्नुहोस्