समय : ०९:४१ pm | बिहिबार , चैत्र ५ गते २०८२

धेरै अवसरहरुमा तालिम सञ्चालन हुँदै,केके छन त?

स्वर्गद्वारी अपडेट | असाेज १३ गते २०७९
बिबश जि एम प्यूठान ०७९ असोज १३, घरेलु तथा साना उद्योग कार्यलय प्युठानले बिभिन्न बिषयमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यलयले आर्थिक बर्ष २०७९(०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार क्षमता,दक्षता तथा सीप बिकास सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने भएको हो । कार्यलयले असोज ११ गतेदेखीको समयअनुसार १५ दिनभित्र स्वयम व्यक्ति आफै कार्यलयमै उपस्थित भएर फर्म भर्नको लागि अनुरोध गरेको छ । सिलाई कटाई,कृषि औजार सम्बन्धि निर्माण, व्यूटि पालर, डोको,डालो,मान्द्रो,मुढा आदि बनाउने, बाद्यबादन बजाउने, सैलुन सञ्चालन गर्न सिप बिकास तालिम, च्याउ उत्पादन, बिभिन्न परिकारका अचार बनाउने, बिद्युत जडान सम्बन्धि तालिम, बेसिक कम्प्यूटर तालिम लगायतका धेरै सीपमुलक तालिम सञ्चालन हुने बताएको छ । इच्छुक व्यक्तिले पेश गर्दा एसइइ वा एसएलसी सो सरह सम्बन्धि उत्तिर्ण गरेको प्रमाणपत्र, रु १० को हुलाक टिकट टास गरेको निबेदन, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लगायत पेश गर्नुपर्ने बताएको छ ।

यो पनि पढ्नुहोस्