सन्तोष सुनार ,प्युठान गौमुखी गाउँपालिका प्युठानमा निशुल्क स्वास्थ्य शिबिर संचालन भएको छ। गाउँपालिकाको आयोजनामा वडा न २ अर्खामा चिकित्सककिय सहितको निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।
गौमुखी गाउँपालिका प्यूठानले चालु आर्थिक वर्षका विकास योजनाहरुको स्थलगत सम्झौता, उपभोक्ता ,अभिमुखीकरण तथा घुम्ती चिकित्सकीय सेवा सुरुवात गरेको छ ।सोहि अनुसार वडा नम्बर २ अर्खा बाट शुभारम्भ भएको गरेको छ शिविरमा एक सय उन्चालीस जनाले स्वास्थ्य सेवा लिएका छन। गौमुखी गाउँपालिका बाट वडा नम्बर २ मा बिनियोजन भएका योजनाहरुको स्थलगत सम्झौता गर्नेकाम समेत सम्पन्न भएका छन् ।

शिविरमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना संचालन तथा ब्यबस्थापन सम्बन्धि अभिमुखिकरण र सम्बन्धित वडामा योजना सम्झौता गर्न गौमुखी गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत ,वडा अध्यक्ष ,योजना शाखा प्रमुख ,लेखा प्रमुख ,इन्जिनियर ,स्वास्थ्य शाखा प्रमुख ,डाक्टर सहित स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।