समय : १०:४६ pm | मङ्गलबार , असार १७ गते २०८२

पाँच दिने मौरी पालन सम्बन्धि तालिम स्वर्गद्धारी नगरपालिकामा

स्वर्गद्वारी अपडेट | असाेज ११ गते २०७९
बिबश जि एम प्यूठान ०७९ असोज ११, स्वर्गद्धारी नगरपालिकाको आयोजनामा स्वर्गद्धारी नगरपालिका वडा नं ५ को कार्यलयमा पाँच दिने मौरी पालन सम्बन्धि तालिम आज ३ औ दिनमा छ । तालिममा २० जनाको सहभागित रहेको छ । स्थानिय स्रोत साधनको समुचित प्रयोग गरौ, उद्यम गरौ र रोजगार बनाँै भन्ने नारालाई आत्मासाथ गर्दै गरिबी निबारणको लागि लघु उद्यम बिकास कार्यक्रमलाई अगाडी सारेको ५ नं वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर मेगराज राना मगरले तालिममा सहभागिहरुलाई उत्पादनमा बिशेष जोड दिन आग्रह गरे । यदि व्यवसायिक रुपमा कसैले मौरी पालन गर्न खोजेमा त्यसलाई पालिकाले अनुदानको रुपमा सहयोग गर्ने वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिएका छन् । उत्पादनमा जोड दिएर गर्न सकेमा हामी अरुमा निर्भर नरही आफैमा आत्मानिर्भर हुन सक्ने पनि उनले बताए । तालिम ९ गतेदेखी सञ्चालन आएको र  १३ गते तालिम समापन हुने भएको छ ।

यो पनि पढ्नुहोस्