समय : ०८:२१ pm | बिहिबार , चैत्र ५ गते २०८२

जन्मदिनको अवसरमा बिद्यालय प्रबेशद्वार निर्माण  

स्वर्गद्वारी अपडेट | असाेज ७ गते २०७९
  स्वर्गद्वारी अपडेट ,प्युठान हरेक जन्मदिनको अवसरमा समाजिक कार्यगर्दै आईरहेका माण्डबि गाउँपालिकाका उपाध्यक्ष  पूर्ण प्रसाद  कालाथोकीले जन्मदिनको अवसरमा  स्वर्गद्वारी नगरपालिका -८ बर्जिबाङ्ग प्युठानको श्री जनता माध्यमिक बिद्यालयको प्रवेशद्वार निर्माण गरेका छन। स्वर्गीय बुवा हुनाराम कालाथोकी र स्वर्गीय आमा बेलिदेबी कालाथोकी सम्झनामा २०७६ -११ -२० गते जन्मदिनको अवसरमा शिलान्यास गरेको भए पनि कार्यब्यस्ताको कारण सम्पन्न भएको २ बर्ष पछी बिहिबार बिद्यालयलाई हस्तान्तरण गरेका छन।  प्रवेशद्वार निर्माणमा लागत दुई लाख तिन  हजार तिन सय तेईस  रुपिया लागेको कालाथोकीले बताए । प्रत्येक बर्ष जन्मदिनको अवसरमा धार्मिक स्थल, सार्वजनिक क्षेत्र, गरिबी विद्यार्थीलाई केही आर्थिक सहयोग गर्दै आईरहेको छन। बिद्यार्थी  शिक्षक र अभिभावक बिचको त्रिकोणात्मक सम्बन्ध सुमधुर गराउन सकिएन भने शिक्षामा स्थानीयतहले परिकल्पना गरेको  जस्तो परिणाम नआउने कुरा उपाध्यक्ष कालाथोको राखेका थिए । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय सदस्य टोपाराम कालाथोकीले  गुणस्तरीय  शिक्षालाई स्थानियतहले  प्राथमिकतामा राखेर शिक्षा बाट कसैलाई  बन्चित नगराउन आग्रह समेत गरे । बिद्यालय ब्यबस्थापन समितका पुर्व अध्यक्ष भिम बहादुर खड्काले  कालाथोकीलाई सामाजिक हरेक क्षेत्रमा अझै क्रियाशील भएर सामाजिक कार्यहरु गर्दै जाउँन भनेर शुभकामना व्यत्त गरेका थिए ।स्वर्गद्वारी नगरपालिका -८ का वडा अध्यक्ष तथा  बिद्यालय  ब्यबस्थापन अध्यक्ष  खोप बहादुर राउतले माण्डबि गाउँपालिका  र स्वर्गद्वारी नगरपालिका मात्र नभएर  माडी क्षेत्रको बिकासमा एक आपसमा मिलेर काम गर्नुपर्ने कुरामा जोड दिएका छन  ।

यो पनि पढ्नुहोस्