समय : ०८:२१ pm | बिहिबार , चैत्र ५ गते २०८२

नौबहिनी गाउँपालिका वाड नम्बर ८ काे प्रशासकीय भवन उद्घाटन

स्वर्गद्वारी अपडेट | असाेज ४ गते २०७९
बबिता रिजाल , प्युठान  नौबहिनी गाउँपालिका वडा  नम्बर ८ फाेप्लिकाे प्रशासकीय भवन मंगलबार उद्घाटन गरिएको छ । भवनको सिलन्यास आर्थिक बर्ष २०७८  फागुन ५ गते भई ०७९  साउन २७ गते   निर्माण कार्य सम्पन्न भएको साेहि वडाका वडा अध्यक्ष मान बहादुर के. सि ले जानकारी दिए  । उद्घाटन समारोहमा नाैबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आथित्यता रहेकाे थियो भने उपाध्यक्ष बिस्णा थापा र प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलको बिशेष  आथित्यता रहेको थियो । कार्यक्रममा पालिकाका  कर्मचारीहरु , स्थानीय राजनीतिदलका प्रतिनिधिहरु, स्थानीय बुद्धिजिबि र  स्थानीय बासीहरुकाे सहभागिता रहेको थियो। साथै यसै अवसरमा स्वास्थ चौकिको भवनको तला थपको उद्घाटन पनि भएको अध्यक्ष के .सि ले जानकारी दिए  ।

यो पनि पढ्नुहोस्