समय : ०८:२२ pm | बिहिबार , चैत्र ५ गते २०८२

बिद्यार्थीहरुको हकहितका लागि भनेर कृयाशिल बाल क्लब गठन

स्वर्गद्वारी अपडेट | असाेज ४ गते २०७९
बिबश जि एम प्यूठान ०७९ असोज ०४, बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको हकहितका लागि भनेर कृयाशिल बाल क्लब मंगलबार  खलंगामा पुर्नगठन गरिएको छ । महेन्द्र मा.वि खलंगामा कक्षा ६ देखी १० सम्मका बिद्यार्थीहरुलाई समाबेश गरि बाल क्लब गठन गरिएको बिद्यालयका शिक्षक कृष्ण बहादुर के.सीले जानकारी दिएका छन् । प्र.अ पिताम्बर पौडेलको बिशेष उपस्थिति तथा शिक्षक कृष्ण के.सीको सक्रियतामा  बालक्लब गठन गरिएको हो । क्लबले २५ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको अध्यक्षमा बिमल कुवँर,उपाध्यक्ष छात्र  मिलन सुनार,छात्रा तर्फ अस्मिता कसाई,कोषाध्यक्ष आइसा श्रेष्ठ,सचिव नरेन्द्र शाक्य तथा सहसचिवमा सोनिया परियार रहेको छन् ।

यो पनि पढ्नुहोस्