समय : ०८:२४ pm | बिहिबार , चैत्र ५ गते २०८२

प्युठान गौमुखिमा अहिलेसम्मकै बृहत् राशीको खेलकुद एबम सास्कृतिक कार्यक्रम हुँदै

स्वर्गद्वारी अपडेट | असाेज ४ गते २०७९
केशर सुनार , प्युठान l कला संस्कृतिमा हामी सबैको एकता , स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता भन्ने मुल नाराका साथ प्युठान जिल्लाको पश्चिमि भुभाग अन्तर्गत रहेको गौमुखी गाउपालिका वडा नम्बर पाँच ठुलाबेसी मा अहिले सम्मकै ठूलो धन राशिको भलिबल प्रतियोगिता हुने भएको छ। - मुख्य आयोजना कस्ले र कहाँ एकीकृत बिकास संघ युनेसिन तथा ठुलाबेसी सामुदायिक मञ्चको आयोजना एबम ठुलाबेसी वासी सम्पुर्ण जनसमुदायको सक्रिय सहभागिता लगायत युवा तथा स्थानीय बजार बासिको सहकार्यमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर पाँच खुङ ठुलाबेसि स्थित गौमुखी माध्यमिक बिधालयमा दशै बिशेष विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम को मुख्य प्रायोजक गौमुखी गाउपालिका पुजा , प्युठान रहेको छ भने कार्यक्रमको मुख्य समन्वय खेलकुद बिकास समिती गौमुखी गाउपालिका प्युठान ले गर्ने भएको छ । -कुल कति धनराशि को कार्यक्रम बिजया दशमीको अबसर पारि असोज १५ ,१६ र १७ गते सम्म तिन दिन कार्यक्रम हुने भएको छ । कुल जम्मा खर्च हुने अनुमानित रकम करिब ६ लाख ७० हजार खर्च लाग्ने अनुमान गरिएको छ । आफ्नो जिल्ला बासी मात्र नभई जुनसुकै ठाउँबाट पनि सहभागी बन्न सक्ने कार्यक्रम भएको मुल आयोजक समिति संयोजक अर्जुन न्यौपाने ले बताएका छन् । न्यौपाने ले अहिले सम्म यति ठूलो धनराशिका खेलकुद कार्यक्रम हरु जिल्लामा नभएको र आफुहरुले पहिलो पटक गर्न लागेको बताएका छन् । गत साल पनि जिल्लामै ठुलो धन राशीको कार्यक्रम गरेको र अहिले फेरि धन थपेर पुनस्जिल्लाकै ठुलो धनराशिको कार्यक्रम गर्न लागिएको हो । -पुरस्कारहरु के कति धनराशिका भलिबल खेलतर्फ प्रथम पुरस्कार एक लाख एघार हजार एक सय एघार , द्वितीय पुरस्कार सतहत्तर हजार सात सय सतहत्तर रहेको छ भने तृतीय पुरस्कार पचपन्न हजार पाँच सय पचपन्न रहेको छ । त्यस्तै अन्य प्रतियोगिताहरुमा स्लो मोटरसाइकल रेस , महिला रस्सा कस्सा , लोकगित प्रतियोगिता , घैटोफोर ,भालेपकड ,पन्चेबाजा र सामुहिक नृत्य प्रतियोगिता पनि विविध राशिमा हुने भएको छ । साथै सम्पुर्ण खेलको टिम दर्ता १४ गते सम्म गर्नु पर्ने छ । -कार्यक्रम का आकर्षकहरु कार्यक्रमलाई सभ्य र भब्य तरिकाले सम्पन्न गर्नको लागि राष्ट्रिय स्तरको ख्याती प्राप्त कलाकारहरु एबम स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । -कार्यक्रमको मुख्य उद्देश्यहरु गौमुखी गाउपालिका मा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरि भलिबल बिशेष पालिकाको रुपमा बिकास गर्ने र रास्टिय एबम अन्तरास्ट्रिय स्तरमा पहिचान बनाउने , स्थानिय खेलाडिहरुलाई थप उत्साह एबम बिकासमा सहयोग पुर्यासउने , स्थानिय पन्चेबाजा , लोकगीत एबम नृत्य हरुको प्रबर्द्धन एबम कला सस्कृतिको जगेर्ना गर्ने , मनोरञ्जन प्रदान गर्ने लगायत आन्तरिक पर्यटन मा टेवा पुर्यारउने क्रार्यक्रम को मुख्य उद्देश्य हरु रहेका छन् । -सहयोग गर्न चाहनेहरुका लागि सम्पर्क कार्यक्रमलाई सभ्य र भब्य बनाउन सहयोगी मनहरूको महत्त्वपूर्ण भूमिका रहने हुँदा, सहयोग गर्न इच्छुक महानुभाबहरुले संयोजक अर्जुन न्यौपाने ९८५११३०४६८ , सहसंयोजक महेन्द्र चन्द ९८५७८३३२२८ , रबि चन्द ९८५८०५७००५ लगायतका सम्बन्धित ब्यक्तिहरु सङ्ग सम्पर्क गर्न सक्ने कार्यक्रमका बिशेष सहयोगी रबि चन्दले बताएका छन् ।  

यो पनि पढ्नुहोस्