समय : ०८:२२ pm | बिहिबार , चैत्र ५ गते २०८२

शहीद परिवारलाई सम्मान गरि संबिधान दिवस मनाईयो

स्वर्गद्वारी अपडेट | असाेज ३ गते २०७९
  स्वर्गद्वारी अपडेट ,प्युठान सोमबार संविधान दिवसको अवसरमा माण्डबि गाउँपालिकाको सभाहलमा शहिद परिवारलाई सम्मान गरेको छ ।     गाउँपालिकाको  सभालमा  गाउँपालिकाले आयोजना गरेको 'सहिद परिवारलाई सम्मान'  कार्यक्रममा दश बर्षे जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएका  गाउँपालिका क्षेत्रका २२ जना सहिद परिवारलाई गाउँपालिकाले सम्मान गरेको हो । कार्यकममा   प्रमुख प्रसासकिय अधिकृत प्रकास पाण्डेले संबिधान भनेको के हो ?गाउँपालिकाको  अधक्ष्य, उपाधक्ष्य ,वडा अधक्ष्य र सदस्यहरुको  काम कर्तब्य र अधिकार  बारे प्रकास पारेका थिए  । कार्यक्रमका प्रमुख अथिति नारायण अधिकारीले हजारौ शहिदले रगत बगाए ,हजारौ परिवार बिचल्ली भयो , लामो जनआन्दोलन पश्चात आएको संबिधान विश्वको उत्कृस्ट राम्रो संबिधान रहेको ब्यक्त गरे। कार्यक्रममा माण्डबि गाउँपालिका अधक्ष्य नवराज अधिकारी (रोसन)ले सहिदले देखाएको बाटोमा लाग्ने प्रतिबद्धता व्यत्त गर्दै राज्यले शहिदको सपना पुरा गर्न आर्थिक बिकास र सम्बृदीको बाटोमा आफुले लागेको चर्चा गर्दै  देशको विकास भए सहिदका सपना स्वत: पुरा हुने बताए । सहभागी रामचन्द्र पौडेलले  -संबिधान भन्दा ठुलो राजनीतिक दल होईन यस्ता कार्यक्रमहरु संबिधान दिवसमा हलभित्र मात्र नभएर गाउँ -गाउँमा गएर  सबै जनतालाई सचेत गराउनु पर्ने बताए ।  कार्यक्रम संचालन नारायण जिसी ले गरेका थिए ।        

यो पनि पढ्नुहोस्