समय : ०८:२१ pm | बिहिबार , चैत्र ५ गते २०८२

जस्पुर बजार सरसफाई गरि संबिधान दिवस मनाईयो

स्वर्गद्वारी अपडेट | असाेज ३ गते २०७९
स्वर्गद्वारी अपडेट , प्युठान सोमबार  संविधान दिवसको अवसरमा माण्डबि गाउँपालिकाको  केन्द्र जस्पुर बजार सरसफाई कार्यक्रम गरी मनाईएको छ  । माण्डबि  गाउँपालिकाको  उपाध्यक्ष पूर्ण प्रसाद  कालाथोकी ,वडा  -३  अध्यक्ष धनेन्द्र कार्की , ईलाका प्रसासन जस्पुर प्रमुख बाबुराम पुरी ,करदाता सेवा कार्यालय प्रमुख सोनु काफ्ले , कामना बिकास बैंक प्रमुख कृष्ण सुबेदी , अस्थाई प्रहरी पोस्ट जस्पुरको  प्रहरी नायव निरीक्षक  गणेश बि सी ,  सिभिल बैंक लिमिटेड  प्रमुख राजु खरेल  , उन्नति  सहकार्लय लघुवित्तीय सँस्था लिमिटेड प्रमुख टेकराज भण्डारी ,  नापी कार्यालय , मालपोत कार्यालय , सडक डिभिजन कार्यालय प्युठानका कर्मचारीहरु लगायत  र जस्पुर बजार ब्यबस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति  रहेको थियो । कार्यक्रम मा वडा न. - ३ का वडा अध्क्षय धनेन्द्र कार्की  ' घरायसी सरसफाई साथै बातावरणीय सरसफाईमा सबैको ध्यान पुगोस भन्नका लागि सरसफाई कार्यक्रम आयोजना गरिएको हो ' अहिले महामारी रुपमा फैलिएको डेंगु भाईरस पनि फोहोरकै कारणले हुदा अब हामीले सकिन्छ फोहोरलाई  सफा गरौ , सकिन्न फोहोर नगरौ ' अब अलि कडाईको साथ वडा कार्यालयले फोहोर अनुगमन तथा जथाभावी फोहोर फालेमा जरिवाना समेत गराउने बताए । ' सडक डिभिजन कार्यलय हाम्रै आगनमा हुँदा समेत ढल बग्ने नाली बर्षौ  देखि सफा नगरेको भन्दै स्थानीय टोपेन्द्र ध्वज थापाले सुनाए ' जनताको सरकार गाउँ घर मै आईसकेको हुँदा अब स्थानीय सरकारले फोहोर मैला तथा सरसफाईमा बिषेश ध्यान पुगोस थापाले बताए । ईलाका प्रशासन कार्यालय प्रमुख बाबुराम पुरीले 'हामि  जति स्मार्ट हुन्छौ फोहोरलाई पनि त्यति स्मार्ट बनाउनपर्छ ,हामीमात्र स्मार्ट हुने जताकतै फोहोर भयो भने हाम्रो स्मार्टको  कुनै अर्थ हुदैन ' यहाँ भएको सबै फोहोरमैलाहरु हामीले नै गरेको तसर्थ हामीले नै सफा गर्नु पर्ने बताउदै कार्यक्रममा उपस्थितहुने सबैलाई धन्यबाद समेत व्यक्त गरे ।

यो पनि पढ्नुहोस्