समय : ०७:०५ pm | बिहिबार , चैत्र ५ गते २०८२

मर्कामा मर्काबाङको बस्ति

स्वर्गद्वारी अपडेट | असाेज २ गते २०७९
  स्वर्गद्वारी अपडेट , प्युठान  माडण्बी गाउँपालिका - २ मर्काबाङ गाउँ माथी रहेको डाडाँमा जमिन खाडल र चिरा पर्न  थालेपछि सिंगो   गाउँ जोखिममा परेको छ । अविरल बर्षाको कारणले बस्ति नै उच्च जोखिममा परेको स्थानीय  यम बहादुर पुनले  बताए । वर्षाका कारण जमिन खाडल र चिरा  भएकाले  पन्ध्र  भन्दा बढी घर उच्च जोखिममा परेको पुनले बताए । उनले आईतबार बिहान ८  बजेको समयमा बस्तीमाथि जमिन  खाडल  र चिरा पर्न थालेको देखेपछि  स्थानीय यम बहादुर पुनले  वार्ड अध्यक्ष प्रकास वली लाई जानकारी दिए । 'जमिन नै यसरी खाडल र चिरा परेको पहिलो पटक देखेको वार्ड अधक्ष्य वलीले  भने '  'अझै अविरल वर्षा हुने हो भने चिरा परेको ठाउबाट पानि भरिएर जमिन भासियो  भने पहिरो गएर  बस्ति नै जोखिम पर्न सक्ने बताए '  आईतबार बस्तीको  अवस्था बुझ्न मर्काबाङ पुगेका जिल्ला समन्वय प्रमुख ,प्रमुख जिल्ला अधिकारी साथै गाउपालिका अध्यक्ष , उपाध्यक्ष  वार्ड अध्यक्ष ,र प्राबिधिक टोलि सहित अबलोकन गरेको थियो  ।  

यो पनि पढ्नुहोस्