समय : ०७:०५ pm | बिहिबार , चैत्र ५ गते २०८२

संविधान दिवसको अवसरमा विभिन्न कार्र्यक्रम

स्वर्गद्वारी अपडेट | भाद्र ३१ गते २०७९
बिबश जि एम प्यूठान ०७९ भदौ ३१, माण्डवी गाउँपालिकाले संविधान दिवसको अवसरमा विभिन्न कार्र्यक्रम गर्ने भएको छ । पालिकाले २ गते देखी ४ गतेसम्म उक्त दिवस मनाउन लागेको हो । गाउँपालिकाले असोज २ गते पालिकाभित्र रहेका सार्वजनिक कार्यलय,सामुदायिक संघ संस्था,विद्यालय र सार्वजनिक महत्वका संभाव्यता बोकेका स्थल वरपर सरसफाई गर्ने र पालिकाको हकमा दिउँसो ३ बजे कार्र्यलय वरपरको स्थलहरुमा सरसफाई कार्यक्रम गर्ने भएको हुँदा त्यो समयमा उपस्थित हुनको लागि सबै गाउँबासीहरुलाई अनुरोध गरेको छ । त्यस्तै असोज ३ गते देविस्थानमा रहेको गाउँपालिकाको सभाहलमा संविधानको महत्वका विषयमा जनप्रतिनिधि,राजनितिज्ञ,शिक्षक,कर्मचारी,पत्रकार,बिद्यालय व्यवस्थापनका पदाधिकारी तथा सबै समुदायबिचमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । सोहि दिन ३ बजे पालिकाको सभाहलमा राष्टिय सुचिमा सुचिकृत रहेका गाउँपालिका भित्रका सहिदहरुका परिवारलाई सम्मान गर्ने भएको हुँदा सो कार्यक्रममा सहिद परिवारका सदस्यहरुलाई उपस्थित हुन समेत पालिकाले अनुरोध गरेको छ । अन्तिम ४ गते पालिका क्षेत्रभित्र रहेका धार्मिक क्षेत्रहरुमा राष्ट राष्टियता,स्वतन्त्रता र संविधानको जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरुको आत्माको चिरशान्तिको कामना सहित उच्च सम्मान तथा श्रदा प्रकट गर्दै पुजापाठ गर्ने भएको पालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्