समय : ०७:०० pm | बिहिबार , चैत्र ५ गते २०८२

सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदानप्रदानसम्बन्धी कार्यशाला मंगलबार माण्डवी गाउँपालिकामा सम्पन्न

स्वर्गद्वारी अपडेट | भाद्र २८ गते २०७९
प्यूठान ०७९ भदौ २८, स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत माण्डवी गाउँपालिका, प्यूठानमा सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदानप्रदानसम्बन्धी कार्यशाला मंगलबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुआहारा कार्यक्रमका कर्मचारीहरुको तर्फबाट सुआहारा दोस्रो कार्यक्रमबाट प्रयाप्त उपलब्धीको बारेमा प्रस्तुतीकरण भएको थियो । कार्यक्रम बोल्दै अध्यक्ष नमराज अधिकारीले पोषण सुधारको क्षेत्रमा सुआहारा कार्यक्रमले धेरै राम्रो काम गरेकाले अहिले पालिकाले त्यसको अपनत्व लिएर पोषणसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । आजको आवश्यकता भनेको गर्भवती महिला र गर्भमा रहेको बच्चालाई स्वस्थ राख्नु भनेको भन्दै प्रदेश सरकारले अबलम्बन गरेका कृषि नीति, रणनीति, खाद्यसुरक्षा र पोषण योजना, नेपाल सरकारले अबलम्बन गरेका पशुपंक्षी नीति, रणनीति, खाद्यसुरक्षा र पोषण योजनाअन्तर्गत उल्लेखित पोषण र खाद्यसुरक्षा प्राथमिकता साथै पोषण संवेदनशील पशुपंक्षीसम्बन्धी कार्यक्रम तथा प्रणाली विकासको विषयमा सहजीकरण तर्फ पनि आग्रसर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरु र अन्य सरोकारवालाहरुको उपस्थित रहेको थियो । माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्