समय : ०७:०२ pm | बिहिबार , चैत्र ५ गते २०८२

उद्यमविकास सहजकर्ता संघ प्यूठानले माण्डवी गाउँपालिकालाई पत्र पठायो

स्वर्गद्वारी अपडेट | भाद्र २८ गते २०७९
बिबश जि एम प्यूठान ०७९ भदौ २८, गरिबीनिबारणका लागि लघु उद्यमविकास कार्यक्रमको कर्मचारी व्यवस्थापन गर्ने भन्दै उद्यमविकास सहजकर्ता संघ प्यूठानले माण्डवी गाउँपालिकालाई पत्र पठाएको छ । संघले गरिविनिबारण लागि लघु उद्यमविकास कार्यक्रम संञ्चालन गर्नै दक्ष जनशक्तिहरुको अषाढ मसान्त देखी करारमा रहेकाहरुको सम्झौता भंग गरेको भन्दै त्यसलाई फिर्ता लिनका लागि ध्यानाकर्षण गराएको हो । गाउँपालिकाले हालसम्म पुरवहाली नगरेको र पदमा रिक्त हुँदा पनि कुनै चासो तथा पदपुर्ति नगरेको पनि बताएको छ । साथै उद्यमविकास सहजकर्ताहरुलाई आवश्यक प्रकृया पुरा गरि तत्काल सिफारिस गरि नियुक्ति गरिदिनको लागि समेत आग्रह गरेको हो । यो कार्यक्रम नेपाल सरकार उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको सर्सत अनुदानमा भएको समेत पत्रमा उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्