समय : ०७:०० pm | बिहिबार , चैत्र ५ गते २०८२

शत प्रतिशत अनुदानमा घास वितरण

स्वर्गद्वारी अपडेट | भाद्र २८ गते २०७९
बिबश जि एम प्यूठान ०७९ भदौ २८ ऐरावती गाउँपालिकाको पशु सेवा केन्द्रले अनुदानमा हिउदे घास बितरण गर्ने भएको छ । सेवा केन्द्रले आर्थिक बर्ष २०७९) ०८० को बार्षि स्वीकृत कार्यक्रम अन्तरगत शत प्रतिशत अनुदानमा घास वितरण गर्न लागिएको सुचनामा उल्लेख गरिएको छ । व्यवसायिक रुपमा पशुपालन गर्दै आइरहेका ईच्छुक कृषक÷कृषक समुह÷कृषि सहकारी तथा कृषि फर्महरुले आजको मिति देखी ७ दिनभित्र अर्थात असोज ३ गतेसम्म सम्बन्धित वडाहरुमा वा पशु सेवा केन्द्रमा दरखास्त पेश गर्नको लागि पालिकाले सबैलाई अपिल गरेको छ । दरखास्त दिने व्यक्तिहरुले आवश्यक पर्ने घाँसको विवरण सहितको निवेदन,व्यक्तिको नागरिकताको प्रतिलिपि,जग्गा भाडामा भए सम्झौताको प्रतिलिपि,दर्ता प्रमाण पत्र र आर्थिक बर्षको कर चुक्तको प्रतिलिपि लिएर जान समेत अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्