समय : ०५:३३ pm | बिहिबार , चैत्र ५ गते २०८२

माण्डवी मा बिभिन्न कार्यक्रम गरि राष्ट्रिय शिक्षा दिवस मनाईयो

स्वर्गद्वारी अपडेट | भाद्र २३ गते २०७९
भदौ २४ लव कुमार अधिकारी , प्युठान  ५६  औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस एक विशेष कार्यक्रमका वीच मनाइएको छ । माण्डवी गाउँपालिका वडा नम्बर ५ स्थित  ज्योति प्राथमिक  विद्यालयमा शिक्षा दिवस मनाएको हो । गाउँपालिकाले आयोजना गरेको "शिकाई क्षेत्रमा रुपान्तरको लागि शिकाईको भूमिका" विषयमा माद्यामिक तह वक्तृत्वकला प्रतियोगिता , हिसाब दौड प्रतियोगिता , चित्रकला प्रतियोगीता कार्यक्रमहरु आयोजना गरिएको थियो। माण्डवी गाउँपालिकाकाको  सामाजिक बिकास समितिका संयोजक  प्रकास वली को अध्यक्षतामा  भएको कार्यक्रममा , अथितीमा माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोसन ) अथिति उपाध्यक्ष पूर्ण कालाथोकी , र २८ बिद्यालयका शिक्षक र बिधार्थी सहभागी भएका  थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसन ) "गुणस्तरीय शिक्षा विना राष्ट्रको विकास हुन नसक्ने धारणा राखेका थिए उनले माण्डवीमा  गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, शिक्षक र अभिभावक सवैको अथक प्रयास हुनुपर्ने धारणा राखे "। माण्डवी गाउँपालिकाकाको  शिक्षा तथा खेलकुद प्रमुख तुल्सी कार्की कार्यक्रम मा बोल्दै  ''शिक्षा गाउपालिकाको विकासको पहिलो आधार भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताईन'' '' शिक्षित जनशक्तिले मात्र राष्ट्र विकासमा टेवा पुराउन सक्ने भन्दै शिक्षाबाट शाक्षरता पहिचान गर्न ,शिक्षामा भएको गुणस्तर बढाउन ,  विद्यालय क्षेत्रलाई व्यवस्थित बनाउन शिक्षा ऐनमा संशोधन र उच्च शिक्षा सुधारका लागि विभिन्न क्षेत्रसँग समन्वय गरेर अगाडी बढ्ने पनि कार्कीले बताईंन '' गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा उत्कृष्टता हासिल गरेको अवसरमा १० जना बिद्यार्थीहरु सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।कार्यक्रममा माण्डवी गाउँपालिकाकाको शिक्षा महासंघ को अधक्ष्य खिमानन्द अधिकारी ,एकीकृत नेपाल शिक्षक  संगठन गुन्जयमान नेपाली , नेपाल रास्ट्रीय शिक्षक  संघ अमर आचार्य , माण्डवी गाउँपालिका  होटल ब्यबसायी संघ  अधक्ष्य तुल्सी राम केसी लगाएत उपस्थित थिए। कार्यक्रमको संचालन बलराम पुनले गरेका थिए  ।    

यो पनि पढ्नुहोस्