समय : ०५:३३ pm | बिहिबार , चैत्र ५ गते २०८२

१५ दिनभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न गाउँपालिकाको आग्रह

स्वर्गद्वारी अपडेट | भाद्र २१ गते २०७९
बिबश जि एम, २०७९ भदौ २१ झिमरुक गाउँपालिकाले निशुल्क रुपमा आफ्नो पालिकाभित्र दर्ता तथा नबिकरण भएका पशुपालक फर्म वा समुहहरुलाई हिउँदे घाँसको विउ तिरण गर्ने भएको छ । पालिकाले आर्थिक बर्ष २०७९र०८० सालको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत रहेर वितरण गर्न थालेको हो । आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त गर्नको लागि अनुरोध गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारी दिनुभयो । गाउँपालिकाले आवश्यकताको लागि जग्गा धनीको लालपुर्जा प्रमाणपत्रको प्रतिलिपि,गाउँपालिकामा दर्ता भएको प्रमाण पत्रको नविकरण सहितको प्रतिलिपि,नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,आबश्यक हिउदे घाँसको बिउको परिणाम खुल्ने निवेदन लगायतको कागज पत्र माग गरेको छ ।

यो पनि पढ्नुहोस्