समय : १२:४६ pm | बुधबार , माघ २३ गते २०८१

सरुमारानीमा २० युनिटभन्दा कम बिद्युत खपतको महसुल पालिकाले बेहोर्ने

स्वर्गद्वारी अपडेट | भाद्र १० गते २०७९
अनुज पछाई,प्यूठान । जिल्लाको सरुमारानी गाउपालिकामा २० युनिट भन्दा कम बिद्युत खपत गर्ने सर्वसाधारणको बिद्युत महसुल पालिकाले नै बेहोर्ने भएको छ । सरुमारानी याउपालिकाका आम जनसमुदायको बिद्युतको सरल र सहज पहुच पुर्याउनुको साथै सबै घरमा बिद्युत बिस्तार गरि उज्यालो सरुमारानी अभियान अन्र्तगत उक्त सेवा बिस्तार गरिएको सरुमारानी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीले बताएका छन । उनका अनुसार न्युनतम २० युनिटसम्म पालिकाले बेहोर्ने गरि वुटवल पावर कम्पनी तथा झिमरुक जलबिद्युत आयोजना र पालिकाबिच सम्झौता भैसकेको छ । २० युनिट भन्दा बढीको महसुल भने आफै तिनुपर्ने छ । न्यूनतम बिद्युत महसुल निःशुल्क भुक्तानी यसै बर्षको श्रावण महिनादेखि नै लागु हुने अधिकृत रेग्मीले बताएका छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्