समय : ०१:३७ am | मङ्गलबार , फागुन ११ गते २०८२

८२ प्रतिशत प्रगति हासिल भएको गौमुखिको निश्कर्ष

स्वर्गद्वारी अपडेट | भाद्र १० गते २०७९
अनुज पछाई,प्यूठान । जिल्लाको गौमुखि गाउपालिकामा बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । आर्थिक बर्ष २०७८–७९ मा सम्पादन भएका तथा सम्पादन हुन बाकी रहेका कार्यक्रमहको बारेमा समिक्षा गरिएको गौमुखि गाउपालिकाका अध्यक्ष बिस्नु गीरीले बताएका छन । बुधबार गौमुखि गाउपालिकाको सभाहलमा सम्पन्न भएको समिक्षा गोष्ठीमा गत आ वमा ८२.३९% प्रगति हासिल भएको समिक्षा भएको अध्यक्ष गीरीले बताएका छन । गत आवको समिक्षा सहित चालु आर्थिक वर्ष ०७९÷८० मा थप सिकाई र उत्साहका साथ योजना निर्माण तथा कार्यान्वयनमा अगाडि बढ्ने निष्कर्ष सहित कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष गीरीको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्