प्यूठानमा अटो दुर्घटना चालक गम्भिर घाइते
अनुज पछाई,प्यूठान । प्यूठानमा अटो दुर्घटनामा परेको छ । जिल्लाको गौमुखी गाउपालिका १ अर्खाबाट लिवासे तर्फ जाँदै गरेको रा १ ह ३८०५ नम्बरको अटो गौमुखी १ रातोपानी खोला नजिकै दुर्घटना भएको छ ।
दुर्घटनामा परी अटो चालक अर्खाका दिल बहादुर बुढा र गुल्मि अगलुङका मिन बहादुर बोहर गम्भिर घाइते भएका छन । उनिहरुलाई जिल्ला अस्पताल प्यूठानमा सामान्य उपचारपछि थप उपचारको लागी भैरहवा पठाइएको छ । त्यस्तै अटोमा सवार भावना पुन र जुना पुन सामान्य घाइते भएको प्रहरीले बताएको छ । अटो अनियन्त्रित भई सडकदेखि १० मिटर तल खसेको थियो ।








