समय : ०१:०१ pm | बिहिबार , चैत्र ५ गते २०८२

गैथुन भद्रकालीन मन्दिरमा दरखाने कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | भाद्र ४ गते २०७९
सन्तोष सुनार ,प्युठान । हिन्दु नेपाली महिलाहरुको हरितालिका तीजलाई मध्यनजर गर्र्दै शुक्रबार प्युठान नगरपालिका २ आरानेटा ढाडमा दरखाने कार्यक्रम सम्पन्न भएको छ । केहिसमय अगाडी स्थानिय लगायतको बिशेष पहलमा तयार भएको गैथुन् भद्रकालीन मन्दिरमा उक्त कार्यक्रम गरिएको हो । गौथुन भद्रकाली मन्दिर ब्यबस्थापन समितिको आयोजनामा स्थानिय महिला तथा पुरुषहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको मन्दिरका पुजारा लोक बहादुर थापाले बताएका छन । कार्यक्रममा प्यूठान नगरपालिका वडा नं. २ मा रहेको मातृभूमि टोल विकास संस्थाका अध्यक्ष तारा केसि ,मन्दिर ब्यबस्थापन समितिका सचिव प्रदीप जी सी , कोषाध्यक्ष गोर बहादुर थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी मातृभूमिटोलबिकास सस्थाका अध्यक्ष केसीले मन्दिर ब्यबस्थापनको लागी नगद रु ५ हजार सहयोग गरेको मन्दिर ब्यबस्थापन समितिका सदस्य तारा सुनारले बताएकी छन । कार्यक्रमको सञ्चालन रेडियो स्वर्गद्धारीका सञ्चारकर्मी सन्तोष सुनारले गरेका थिए ।

यो पनि पढ्नुहोस्