समय : ०१:०६ pm | बिहिबार , चैत्र ५ गते २०८२

युटुव पत्रकार पेस्तोलले मनाए विपन्नसंग जन्मदिन

स्वर्गद्वारी अपडेट | भाद्र २ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठान जिल्लामा विभिन्न सञ्चार माध्यममा आवद्ध भई पछिल्लो समयमा समाजका घटनालाई युटुवको माध्यमबाट जस्ताको तेस्तै प्रस्तुत गर्ने युटुवपत्रकार गन बहादुर पेस्तोलले बिहिबार आफ्नो २५ औ जन्मदिन मनाएका छन । जन्मदिनको अबसरमा गरिने फजुल खर्चलाई कटाएर पत्रकार पेस्तोलले एक विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेका छन । प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नं. ४ विजुवार खेलकुद मैदानमा बस्दै आएका रविन्द्र रावतको परिवारलाई पत्रकार पेस्तोलले १ बोरा चामल तथा नुन तेल बेसार र सावुन सहयोग गरेका छन । शारीरीक अशक्तताको कारण श्रम गर्न नसक्ने रावत नावालक १ छोरा र छोरीको साथमा विगत लामो समयदेखि विजुवारमा बस्दै आएका छन । विगतमा पनि पत्रकार पेस्तोलले आफ्नो युटुव च्यालन लिस्ने मिडियाको माध्यमबाट रावत परिवारको कथालाई प्रस्तुत गरि सहयोग जुटाउने कार्य गर्दै आएका थिए । रोल्पा जन्मघर भएका पत्रकार पेस्तोल लामो समयदेखि प्यूठानलाई नै कर्मथलो बनाएर पत्रकारी गर्दै आएका छन । उनि स्ट्याण्डप कमेडि तथा क्यारिकेचरको क्षेत्रमा पनि अब्बल मानिन्छन ।

यो पनि पढ्नुहोस्