समय : ०१:०१ pm | बिहिबार , चैत्र ५ गते २०८२

सेवा दिन दैलोदैलो पुग्छन माण्डबी ३ का अध्यक्ष

स्वर्गद्वारी अपडेट | भाद्र १ गते २०७९
अनुज पछाई,प्यूठान । माण्डबी गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष अहिले सेवा ग्राहीको घरदैलोमा पुग्ने गरेका छन । वडाबाट प्रदान गरिने सेवालाई घरदैलोबाटै प्रदान गर्ने घोषणा गरेका वडा अध्यक्ष धनेन्द्र कार्की यतिबेला वडाका सेवाहरु घरदैलोबाट प्रदान गर्न सुरु गरेका छन । जन्मदर्ता,मृत्युदर्ता तथा बिबाहदर्ता जस्ता ब्यक्तिगत घटना दर्ताको लागी अव माण्डबी गाउपालिका वडा नं. ३ का स्थानियलाई वडा कार्यालय धाइरहनुपर्ने झन्झटलाई वडा अध्यक्ष कार्कीले अन्त्य गर्न खोजेका छन । स्थानिय तहको जिर्वाचनमा निर्वाचित भएलगातै जिल्लामै सबैभन्दा पहिले वडाको कार्य घरदैलोबाट गर्ने घोषणा गरेका कार्कीले दीर्घ रोगी तथा पूर्ण अपाङगता भएका ब्यक्तिहरुको लागी प्रत्यक महिना घरदैलोबाटनै स्वास्थ्य जाच गर्ने घोषणा पनि गरेका छन । अहिले अध्यक्ष कार्की वडाको सल्लिकोट लगायतका क्षेत्रमा पुगी जन्मदर्ताको विवरण भर्न ब्यस्त देखिएका छन ।

यो पनि पढ्नुहोस्