समय : ०१:०५ pm | बिहिबार , चैत्र ५ गते २०८२

नौबहिनीले दियो मृतकका परिवारलाई कृया खर्च

स्वर्गद्वारी अपडेट | भाद्र १ गते २०७९
बबिता रिजाल , प्यूठान । जिल्लाको नौबहिनी गाउपालिकाले दुर्घटनामा परि मृत्यु भएका परिवारको लागी आर्थिक सहयोग गरेको छ । आइतबार प्यूठानको बाग्दुलाबाट नौबहिनी गाउपालिका वडा नं. ५ डाम्री जादै गरेको लु १ ज १५४५ जीप दुर्घटना परि मृत्यु भएकाको परिबारलाई कृया खर्च स्वरुप आर्थिक सहयोग गरेको छ । नौबहिनी गाउपालिकाका अध्यक्ष दिल बहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले बुधबार मृतकको घरमै पुगेर कृया खर्च स्वरुप रु १० हजार नगद सहयोग गरेका छन । जीप दुर्घटना हुँदा नौबहिनी ५ डामृका रेमसरा बुढा मगरका २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ४ बर्षिया करुणा बुढा मगर र सोही ठाउँ निबासी जिप चालक समेत रहेका २५ बर्षिय लुकेश थापाको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको थियो । १५ जना घाईते भएका थिए ।

यो पनि पढ्नुहोस्