सन्तोष सुनार,प्यूठान । मातृभूमि टोल बिकास सस्था प्यूठान नगरपालिका वडा नं. २ ले पहिरो पिडितलाई राहत वितरण गरेको छ । विभिन्न ब्यक्तिहरुद्धारा आर्थिक सङकलन गरेर समय समयमा आर्थिक अवस्था कमजोर भएका अथवा विभिन्न समस्याले थलिएका ब्यक्तिहरुको घाउमा मलमको काम गर्दै आएको उक्त सस्थाले मंगलबार थप एक परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।

प्यूठान नगरपालिका वडा नं. २ निवासी दुर्गा बहादुर सुनारको घर पहिरो भत्काउदा समस्यामा पारेको थियो । उक्त परिवारलाई सस्थाको पहलमा १ बोरा चामल र रु ५ हजार नगद सहयोग गरिएको सस्थाका अध्यक्ष तारा बहादुर केसीले जानकारी दिएका छन ।

राहत वितरण कार्यक्रममा प्यूठान नगरपालिका २ का वडा सदस्य नर बहादुर पोख्रेल,चुडामणी सुबेदी,टिका सुवेदी,प्रेम सुनारविजय सिंह बिष्ट,मिना सुनार लगायतको सहभागिता रहेको थियो ।