समय : ११:३३ am | बिहिबार , चैत्र ५ गते २०८२

एचवन नेपालका कोरियन कम्पनीका उत्पादन प्यूठानमा

स्वर्गद्वारी अपडेट | श्रावण ३१ गते २०७९
अनुज पछाई,प्यूठान । निःशुल्क थर्मल थेरापि सञ्चालन गर्दै आएको एच वन नेपालले कोरियन कम्पनिमा तयार भएका विभिन्न कुकका सामगी्रहरु प्यूठान सहित देशभरी भित्राउने तयारी गरेको छ । किचेनमा प्रयोग हुने सामगी्रहरुलाई प्राथमिकतामा राख्दै नया ब्राण्डेड सामगी्रहरु बिक्रिको लागी बजारमा ल्याउने तयारी गरेको छ । मंगलबार प्यूठानमा पत्रकार सम्मेलन गरेर सामगी्रको बारेमा जानकारी दिइएको छ । देशब्यापी प्रत्यक जिल्लामा सामगी्रहरुको बिक्रिको लागी डिलर खोल्ने तयारी पनि रहेको एच वन नेपालका अध्यक्ष जनक भुषालले बताएका छन । एच वान नेपालले प्यूठान सहित ३० केन्द्रबाट निःशुल्क थर्मल थेरापि सञ्चालन गर्दै खाएको छ । उक्त सेवाबाट देशभर दैनिक करिब ८ हजार बढी ब्यक्तिले सेवा प्राप्त गरेको कम्पनिका जनरल म्यानेजर कोमल प्रसाद खनालले जानकारी दिएका छन । आल्मोनियन नभएका मानव स्वास्थ्यमा लाभ दिने भाँडावर्तन रहेको जनरल म्यानेजर कोमलप्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार दक्षिण कोरियाको उत्पादन हो । विश्व बजारमा प्रख्यात छ । नेपालमा भने यसका उत्पादन भर्खरै भित्रिदैछन् । ताप्केदेखि इन्डक्स चुलो, कुकरदेखि किचेनका सम्पूर्ण सामान, फिल्टरदेखि प्युरिफाइरहरु छन् । म्याटेसदेखि बेडलगायत रहेको म्यानेजर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार हाइ वा लो भोल्टेजले कुनै फरक नपार्ने राइस कुकर छन् । आफ्नो समय अनुसार बढी वा कम ताप दिएर पकाउन सकिन्छ । पाँचदेखि १२ मिनेटमा भात पाक्छ । पड्किने खतरा छैन । डढ्दैन । मल्टिकुकरमा २४ घण्टासम्म उस्तै ताजा राख्छ ।

यो पनि पढ्नुहोस्