प्यूठानमा कोरोनाका सङक्रमितको सङख्याले सय नाध्यो
अनुज पछाई , प्यूठान । प्यूठनमा कारोनाका सक्रिय सङक्रमितको सङख्याले १०० नाघेको छ । प्यूठानमा पछिल्लो समय कोरोनाका सक्रिय सङक्रमितको सङख्या बढदै गएको छ । जिल्लामा बुधबार ३७ जनामा कोभिड –१९ सङक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न ठाउमा गरिएको एण्टिजेन परीक्षणका क्रममा थप ३७ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोलक प्रशन पुष्कल श्रेष्ठले जानकारी दिएका छन । त्यस्तै बुधबार २३ जनाले कोरोना जितेका छन ।
जिल्लामा अहिले १०२ जना कोरोनाका सक्रिय सङक्रमित रहेका छन । जिल्लामा साउन यता ४१३ जनामा कारोना परीक्षण गर्दा १४५ जनामा पुष्टि भएको छ । पछिल्लो समयमा पुनः कोरोनाका सङक्रमित देखा परेसंगै सरसफाइको क्षेत्रमा ध्यान दिनको लागी चिकित्सकहरुले आग्रह गरेका छन ।
बेलाबेलामा साबुनपानीले हात धुने,स्यानिटाइजर प्रयोग गर्ने,सामाजिक दुरी कायम गर्ने,माक्स प्रयोग गर्ने लगायतको स्वास्थ्य सचेतना अपनाउनको लागी चिकित्सकहरुले आग्रह गरेका छन ।








