बाहुन पोल्ने डाँडामा शिव पार्वतीको मुर्ति उद्घाटन
बबिता रिजाल,प्यूठान । प्यूठानको नौबहिनी गाउपालिका ५ डाम्रीमाशिव पार्बतिको मूर्ति पबसर्जन तथा यदघाटन गरिएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरि नौबहिनी गाउपालिका ५ रोल्पाको लुङग्री गाउपालिका १ पाङ रोल्पाको सिमानामा पर्ने बाहुन पोल्ने डाडामा नव निर्मित शिवजी मन्दिरमा शिव पार्वतीको मूर्ति विसर्जन तथा उदघाटन गरिएको हो ।
स्थानिय स्रोत साधनको संरक्षण र जर्गेना गरौ पर्यटन प्रबद्र्दन संगै ग्रामिण क्षेत्रको बिकासमा टेवा पुराऔ भन्ने मूल नाराको साथमा मन्दिर स्थापना गरिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पन्थ बहादुर घर्ती मगरले बताएका छन ।
कार्यक्रम नौबहिनी गाउपालिका तथा छिमेकी रोल्पाका हजारौ दर्शनार्थीहरुको उपस्थिती रहेको थियो । मन्दिर गत असार अनितम हप्ता सम्पन्न भएको थियो । नौबहिनी गाउपालिकाको रु १० लाख तथा १ लाख बरावरको रुमदानमा मन्दिर सम्पन्न भएको अध्यक्षघर्तीले बताएका छन ।








