प्यूठानमा खोल्सामा खसेर एक महिलाको मृत्यु
अनुज पछाई,प्यूठान । प्यूठानको गौमुखि गाउँपालिकामा खोल्साबाट खसेर एक महिलाको मृत्यु भएको छ । सोमबार जिल्लाको गौमुखी गाउपालिका ३ राम्दीखोर निबासी धन बहादुर परियारको छोरी बर्ष ४२ को उजेली परियार गौमुखिको लिबासे नजिकको खोल्साबाट खसेर मृत्यु भएको छ ।
प्यूठान नगरपालिकाको बाग्दुला बस्दै आएकी परियार गाउँपालिकामा बिशेष कामले गाउ गएको बेला लिबासे को छेउमा रहेको ठोक्रेसा खोल्सा उफ्रेर नाग्दा हामफाल्ने क्रममा चिप्लिएर खसी मृत्यु भएको हो ।








