प्यूठानमा ५ महिनाको भ्रुण कुलोमा भेटियो
स्वर्गद्धारी अपडेट,प्यूठान । प्यूठानमा ५ महिनाको भुण हत्या गरि फालिएको अबस्थामा फेला परेको छ । जिल्लाको प्यूठान नगरपालिका वडा नं. ७ पुण्यखोलाको ठाटिकोटमा रहेको कुलोमा करिब ५ महिनाको भु्रण फेला परेको प्रहरीले जनाएको छ ।
शुक्रबार धान खेतमा पानी चार्न जादा स्थानियले भु्रण भेटि प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।








